भेडीखर्कमा २२ गतेदेखि फुटबल प्रतियोगिता, उपाधि राशी ५१ हजार
पाेखरा | कात्तिक १२, २०८१
पोखरा: भ्यू प्वाइन्ट क्लबको आयोजनामा पोखरा महानगरपालिका २२ भेडीखर्कमा दोस्रो संस्करणको ‘भेडीखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ हुने भएको छ ।
तिहारको अवसरमा ‘खेल स्वास्थ्यका लागि स्वस्थ युवा देशका लागि’ भन्ने नारासहित २२ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने क्लबका सचिव अमित बरालले जानकारी दिए ।
उनका अनसार सो प्रतियोगिताको विजेताले नगद रु ५१ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै उपविजेताले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
सो प्रतियोगितामा विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पुरस्कृत गरिने बरालले बताए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत (९८६०५८७८२८, ९८४६९८३८०४)पनि गर्न सकिने आयोजकले जनाएको छ ।

कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

