दीप युनाइटेडले ‘देउसी भैलो’ कार्यक्रम गर्ने
पाेखरा | कात्तिक १२, २०८१
पोखरामा क्रियाशिल दीप युनाइटेड क्लबले तिहारको अवसरमा देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
पोखरा १६ स्थित दीप युनाइटेड पार्कमा आगामी १७ गते संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित विविध साँस्कृति कार्यक्रमको आयोजना गर्न लागेको क्लबका अध्यक्ष खेमराज आचार्यले जानकारी दिए ।
‘धेरै लामो समयसम्म दीप साँझ गर्याै । आठौं संस्करणसम्म हामीले निरन्तरता दिएका थियौं त्यसपछि यसलाई देउसी भैलेको रुपमा कार्यक्रम गर्न थालेका हौं, उनले भने, ‘यो वर्षपनि हामीले त्यही साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन लागेका छौ ।’
उनका अनुसार सो कार्यक्रम दीप युनाइटेड पार्कमा यही कात्तिक १७ गते (भाइटिकाको अघिल्लो दिन) बेलुकी ६ बजेदेखि १० बजेसम्म हुनेछ ।
उक्त कार्यक्रममा स्थानीय कलाकारहरु र हिमाली साँस्कृति परिवारले विविन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गर्नेछन् ।
क्लबले हरेक वर्ष खुला रक्तदान, सचेतनामूलक कार्यक्रम र युवा तथा बालबालिका लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था ...
पोखरा: लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष...
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

