बिच एण्ड फिस फेस्टिबल: उपाधिका लागि आरएस र चरी सुशान भिड्ने
पाेखरा | कात्तिक १२, २०८१
पोखरा: आरएस बिच क्लबको आयोजनामा पोखरा २५ हेम्जास्थित अम्मटमा जारी ‘आरएस बिच एण्ड फिस फेस्टिबल २०८१’ मा फुटबलतर्फ उपाधिका लागि आरएस क्लब र चरी सुशान एफसी भिड्ने भएका छन् ।
फाइनल खेल अब ३० गते फेस्टिभलको समापनका दिन हुने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।
उनका अनुसार पहिलो सेमिफाइलनमा चरी सुसान एफसीले बिल्डिङ एफसी लाई ५–२ गोल अन्तरले पराजित गरेको थियो भने, आरएसले हेमजा २५ एफसीलाई ५–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
सो प्रतियोगिताको विजताले नगद रु ५० हजार र उपविजेताले रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिनेछ ।
यस्तै घोडा दौड प्रतियोगिता र बल्छी हान्ने प्रतियोगिता पनि सोही दिन (कात्तिक ३० गते) हुनेछ ।
घोडा दौडमा प्रथम हुनेलाई २० हजार र दोस्रो हुनेलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
यसअघि सम्पन्न भइसकेको फ्रिस्टाइल फुटबल ब्याटल, वान भि वान, र साइकल र्याली सम्पन्न भइसकेको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

