बिच एण्ड फिस फेस्टिबल: उपाधिका लागि आरएस र चरी सुशान भिड्ने

पाेखरा | कात्तिक १२, २०८१

बिच एण्ड फिस फेस्टिबल: उपाधिका लागि आरएस र चरी सुशान भिड्ने

पोखरा:   आरएस बिच क्लबको आयोजनामा पोखरा २५ हेम्जास्थित अम्मटमा जारी ‘आरएस बिच एण्ड फिस फेस्टिबल २०८१’ मा फुटबलतर्फ उपाधिका लागि  आरएस क्लब र चरी सुशान एफसी भिड्ने भएका छन् ।

 

फाइनल खेल अब ३० गते फेस्टिभलको समापनका दिन हुने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।

 

उनका अनुसार पहिलो सेमिफाइलनमा चरी सुसान एफसीले बिल्डिङ एफसी लाई ५–२ गोल अन्तरले पराजित गरेको थियो भने, आरएसले हेमजा २५ एफसीलाई ५–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

 

सो प्रतियोगिताको विजताले नगद रु ५० हजार र उपविजेताले रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । 

 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिनेछ ।

 

यस्तै घोडा दौड प्रतियोगिता र बल्छी हान्ने प्रतियोगिता पनि सोही दिन (कात्तिक ३० गते) हुनेछ ।

 

घोडा दौडमा प्रथम हुनेलाई २० हजार र दोस्रो हुनेलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको  छ ।

 

यसअघि सम्पन्न भइसकेको फ्रिस्टाइल फुटबल ब्याटल, वान भि वान, र साइकल र्याली सम्पन्न भइसकेको  छ ।


 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्