अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखरा फाइनलमा
पाेखरा | कात्तिक ११, २०८१
पोखरा: पोखरा क्रिकेट क्लबले अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले हराउँदै फाइनलमा यात्रा तय गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको कास्की जिल्ला स्तरीय अन्तर क्लब एक दिवसिय क्रिकेट च्याम्पियनसिपको आइतबार भएको दोस्रो सेमीफाइनलमा खेलमा अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखराले फाइनलमा राइजिङको भेट पक्का गरेको हो ।
१५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट हुँदा पोखराले फाइनलको यात्रा तय गरेको हो ।
अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर कल्याण कुमाल ४, अंकित गजुरेल १, प्रविन पौडेल ५, प्रिजन श्रेष्ठ ५, प्रशान्त अधिकारी ४, सोमबहादुर थापा २ रनमा आउट भए भने मुकेश गुप्ता र अब्दुल खलिक मिया शुन्यमा आउट भए । सन्देश निउरे ८ रनमा नटआउट रहे ।
पोखराका लागि सुवाष भण्डारीले ९.२ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिए । देव शाहले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए भने विजय राउत, अमन सुवेदी र सागर भुजेलले समान १÷१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको पोखराले २६.५ ओभरमा १५० रन बनाउदै अलआउट हुन पुग्यो ।
पोखराका ओपनर मुस्कान थापाले ४४ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ११ बलमा ३ चौका र ५ छक्काको मद्धतमा ४४ रन बनाएका थिए । अर्जुन बुढाथोकीले ३९ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाए । यस्तै मनिश भण्डारी ५, अनिश खड्का १३, सुवाष भण्डारी १४, देव शाह ६, अमन सुवेदी ९, विजय राउत १०, सागर भुजेल ४ र रोशन पौडेल शुन्यमा आउट भए । समुन्द्र भुजेल १ रनमा नटआउट रहे ।
अरण्यज्योतीका लागि प्रविन पौडेलले ७ ओभरमा २७ रन खर्चदै ३ विकेट लिए । अब्दुल खलिक मियाले ६.५ ओभरमा ३० रन खर्चदै ३ विकेट लिए । प्रदिप पौडेलले २ तथा सोमबहादुर थापा र कल्याण कुमालले १÷१ विकेट लिए ।
कात्तिक १ गतेदेखी जारी प्रतियोगिताको उपाधि भिडन्त भोलि हुनेछ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगिता प्रधानमन्त्री कम (पिएम कप) का लागि जिल्ला छनोटको रुपमा समेत रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा संघमा आबद्ध कास्कीका ९ क्लबको सहभागिता रहेको थियो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

