अरण्यज्योती समुह विजेता बन्दै सेमीफाइनलमा, हारका बाबजुत राइजिङ पनि सेमीमा
पाेखरा | कात्तिक ९, २०८१
पोखरा: पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगितामा समुह सि को विजेता बन्दै अरण्यज्योती क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको कास्की जिल्ला स्तरीय अन्तर क्लब क्रिकेट च्याम्पियनसिपमा राइजिङ क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै अरण्यज्योती फाइनलमा प्रवेश गरेको हो ।
एक सय ५७ रनको विजयी लक्ष्य पछ्याएको अरण्यज्योतीले ४४.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । अरण्यज्योतीको जितमा प्रदिप पौडेलले अर्धशतकीय पारी खेल्दै नटआउट रहे । उनले ९१ बलमा ५ चौका प्रहार गरे । यस्तै प्रविन पौडेलले ४२ रन जोड्दै आउट भए । उनले ७० बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
ओपनर कल्याण कुमार शुन्यमै पेभिलियन फर्किए । सुलभ सुवेदी १५, अंकित गजुरेल ३, प्रिजन श्रेष्ठ २, आशिष पौडेल ४ रनमा आउट भए भने सन्देश न्युरे शुन्यमै पेभिलियन फर्किए । प्रशान्त अधिकारी १ रनमा नटआउट रहे ।
राइजिङका लागि विमल विक्रम खत्रीले २ विकेट लिए । कृष्ण पौडेल, लोकेन्द्र गहतराज, अन्जन केसी र सविन खत्रीले समान १÷१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको राइजिङ ३६.१ ओभरमा १ एक सय ५६ रनमा अलआउट हुन पुग्यो ।
राइजिङको सुरुवाती राम्रो भएपनि जित हासिल गर्न भने सकेन । ओपनर अनिल गुरुङले ४१ रन जोडे । उनले ४२ बलमा ५ चौका र २ छक्काको मद्धतमा ४१ रन बनाएका थिए ।
नविन पोखरेलले २८ रन जोडे । यस्तै आसिष पौडेल ९, विमल विक्रम खत्री १६, कृष्ण पौडेल २४, अन्जन केसी २, लोकेन्द्र गहतराज १३ रनमा आउट भए भने, अस्विन अधिकारी, विशाल रिमाल, समिर भुजेल शुन्यमै पेभिलियन फर्किए ।
सविन खत्री शुन्यमा नटआउट रहे । अरण्यज्योतीका लागि प्रदिप पौडेलले ९.१ ओभरमा ३ मेडनसहित २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । प्रविन पौडेलले २ तथा आकाश थापा, अब्दुल खालिक मिया र कल्याण कुमालले समान १÷१ विकेट लिए ।
अरण्याज्योतीको यो दोस्रो जितसँगै कुल ४ अंक रहेको छ । भने, राइजिङ दुइ खेलमा एक जित र एक हारसहित २ अंकका साथ दोस्रो स्थानमा रह्यो । तर राइजिङ समुह चरणमा दोस्रो हुने टिम मध्ये उत्कृष्ट हुँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा कास्की क्रीकेट क्लब र पोखरा क्रीकेट क्लब आ–आफ्नो ग्रुपको विजेता बन्दै यस अघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सहयोग गरेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

