पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ
बाग्लुङ | कात्तिक ९, २०८१
गलकोट: प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको यहाँकोे पर्यटकीयस्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् ।
सरकारीस्तरमा दुई वर्षयता पूर्वाधारका लागि बजेट प्राप्त नभएपछि स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरेर अर्थ सङ्कलनको प्रयास थालेका छन् ।
जैमिनी नगरपालिका–३ स्थित गाजाको दहको संरक्षण, प्रचारप्रसार र सिद्ध बराहको पुनःनिर्माणका लागि ‘गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ’ हुन लागेको वडाध्यक्ष कृष्ण भुजेलले जानकारी दिनुभयो । आगामी मङ्सिर ८ देखि १४ गतेसम्म महायज्ञ हुनेछ ।
“प्राकृतिक र धार्मिक रूपमा महत्त्वपूर्ण गाजाको दहलाई उजागर गर्न पर्यटकीय पूर्वाधार निर्माणमा महायज्ञले सहयोग पुर्याउनेछ, दहलाई धार्मिक केन्द्रका रूपमा विकास गर्ने र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो ।
अनुसार धार्मिक आस्थासँग जोडिएर देशविदेशमा रहेका स्थानीयले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लोकबहादुर छन्त्यालले बताउनुभयो ।
काठमाडौं: निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन...
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...
पोखरा: धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ । हेमजाको फुर्केट...

