सामुदायिक वन र सङ्घ संस्थालाई बिरुवा वितरण
काठमाडाैं | साउन २, २०७९
काठमाण्डौँ: सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्लाको रामपुर क्षेत्रका सामुदायिक वन समूह र विभिन्न संस्थालाई बिरुवा वितरण गरिएको छ । जिल्ला भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयसँगको समन्वयमा महासङ्घले तीन हजार बिरुवा ल्याएर वितरण गरेको हो । जिल्लाका पर्यटकीय स्थल राम्चे सामुदायिक वन, रानीवन तथा वडवान सामुदायिक वन, जुनतारा मातृ समूह, दियालो सहकारी, दुर्गादेवी आमा समूहबाट उपभोक्ता सदस्यलाई बिरुवा वितरण गरिएको छ ।
पूर्वी पाल्पामा आँप, लिची, कागती, अम्रिसो र बाँसको बिरुवा गरी करिब तीन हजार बिरुवा वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...

