निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिगको ‘सुपर सिक्स’मा
बैतडी | कात्तिक ८, २०८१

बैतडी: निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ ।
यहाँको पाटनमा जारी प्रिमियर लिगको आज सम्पन्न खेलमा नागार्जुन युवा क्लब सप्रालीलाई ६४ रनले हराउँदै निङ्गलाशैनी सुपर सिक्समा प्रवेश गरेको हो ।
जितका लागि पाएको २४३ रनको विशाल लक्ष्य पछ्याएको नागार्जुन १८ ओभरमा १७८ रनमा समेटियो । नागार्जुनका अनुराग चन्दले सर्वाधिक ४५ रनको योगदान गरेपनि जितका लागि सम्भव भएन । निङगलाशैनीका गजेन्द्र बोहराले तीन, खडक बोहरा र विरेन्द्र चन्दले दुई–दुई विकेट हात पारे ।
खडक म्यान अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताउनुभयो । टस हारेर ब्याटिङको निम्ता पाएको निङ्गलाशैनीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २४२ रन बनायो । जसमा दीपक बोहराले अविजित ७८, खडक बोहराले ६३ रनको योगदान दिए ।
नागार्जुनका धिरज ठगुन्ना, गोविन्द नाथ, अम्मर चन्द र कृष्ण भाटले एक–एक विकेट हात पारे । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोली सहभागी छन् । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र, द्वितीय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिनुभयो ।
यसैगरी म्यान अफ द सिरिज बापत् रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...