नगरबसको ठक्करबाट मिनीमाइक्रो चालकको अवस्था गम्भीर (घाइतेको नामसहित)

कास्की | साउन १, २०७९

नगरबसको ठक्करबाट मिनीमाइक्रो चालकको अवस्था गम्भीर (घाइतेको नामसहित)

पोखरा:   पोखरा महानगरपालिका १७ स्थित ड्यामसाइडमा आज (आइतबार)​ दिउँसो १ बजे मिनीमाइक्रोलाईनगरबसले ठक्कर दिँदा मिनीमाइक्रो चालक गम्भीर घाइते भएका छन् ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार गोरखा घर भइ पोखरा ५ मालेपाटन बस्ने मिनीमाइक्रो चालक २४ वर्षिय सुमन गुरुङको अवस्था गम्भीर रहेको जनाएको छ । उनको अचेत अवस्थामा रहेको बताइएको छ । 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी वरिष्ठ नायब निरिक्षक शिव प्रसाद पाठकका अनुसार राष्ट्रबैंकचोकबाट विरौटातर्फ जाँदै गरेको ग १ ख ३७९० नम्बरको नगरबसले र विपरित दिशाबाट आएको ग १ ज ३४१७ नम्बरको मिनीमाइक्रोलाई ठक्कर दिएको थियो । 

 

उक्त दुर्घटनामा पर्दा  घाइते भएका १६ जना यात्रुको अवस्था सामान्य रहेको छ भने नगरबस चालक पोखरा १६ महेन्द्रगुफाका ४० वर्षिय रमेश कुचिकारको अवस्था मध्यम रहेको छ । घाइते सबैको पोखरा १७ विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको पाठकले जानकारी दिए । 

 

उनका अनुसार घाइते हुनेहरुमा माइक्रोमा सवार पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी १२ वर्षिया रिता विक, सोही स्थानकै ३३ वर्षिया चन्द्र विक, सोही वडाकै १० वर्षिया मुस्कान विक, पोखरा २२ कै ६ वर्षिय रितिक विक र पोखरा २१ का ३३ वर्षिय नारायण विक रहेका छन् ।

 

यसैगरि नगरबसमा सवार घाइतेहरुमा भोजपुर घर भई पोखरा ५ का २० वर्षिय राजकुमार मगर, सोही स्थानकै २० वर्षिय आयुष तामाङ, सोही वडामै बस्ने १३ वर्षिय अभिषेक तामाङ, मालेपाटनकै १७ वर्षिय कुशल तामाङ, पोखरा ८ सृजनाचोक बस्ने २३ वर्षिया विनिता राई, सोही स्थानकै २० वर्षिय निरन राई, पोखरा ८ सिमलचौकका १७ वर्षिय रविन श्रेष्ठ, पोखरा २२ का २३ वर्षिय विज्ञान परियार, पोखरा १७ का १८ वर्षिया अन्जली सुनार, सोही स्थानकै ३१ वर्षिया सुमित्रा आले, सोही वडार्क ७१ वर्षिया लक्ष्मी गुरुङ रहेकी छिन् । 

 

नगरबसका चालक कुचिकारलाई कास्की प्रहरीले  नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।


 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्