एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

पाेखरा | कात्तिक ६, २०८१

एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

पोखरा:    पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट क्लब बाहिरिएको छ । मंगलबार अरण्यज्योती  क्रीकेट क्लबसंग ७६ रनको हार व्यहोरेसंगै  समूह चरणबाटै बाहिरिएको हो । 


कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप  २०८१’ को समूह सि तर्फको  खेलमा १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो । 


गण्डकीका लागि ओपनर सिद्धान्त गिरिले २२ रन र अजय रामले १९ रन बाहेक अन्यले खासै रन बनाउन सकेनन् । सिद्धान्तले १६ बलमा ५ चौका प्रहार गरे भने अजयले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।  विवेक अधिकारी २, सम्राट अधिकारी १, दिपक माझी १, श्री राम २ र विमोचन सापकोटा, सौरभ शर्मा र सुस्मानी गौतम शुन्यमै पेभेलियन फर्किए । 


अरण्यज्योतीका लागि सोमबहादुर थापाले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । प्रविण पौडेलले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । अब्दुल मिया, प्रदिप पौडेल र कल्याण कुमालले १/१ विकेट लिए । 


टस जिटेर ब्याटिङ थालेको अरण्यज्योतीले ३८.६ ओभरमा १३६ बनाउदै अलआउट हुन पुगेको थियो । जितका लागि सुलभ सुवेदिले ४० रनको उत्कृष्ट पारी खेल्दै आउट भए ।  उनले १०६ बलमा २ चौकाको मद्धतमा ४० रन बनाए । 


ओपनर कल्याण कुमाल ८ रनमा, अंकित गजुरेल १०, प्रविण पौडेल २३, प्रदिप पौडेल २०, सन्देश निउरे ३, धन्जु यादव ८, प्रीजन श्रेष्ठल ८, सोमबहादुर थापा १ र अब्दुल मिया ८ रनमा आउट भए । प्रसानी अधिकारी ७ रनमा नटआउट रहे । 


गण्डकीका लागि सिद्धान्त गिरिले १० ओभरमा ५० रन खर्चदै सर्वाधिक ४ विकेट लिए । यस्तै अजय राम र सुमन अधिकारीले २र२ तथा विमोचन सापकोटा र सुस्मान गौतमले १र१ विकेट लिए । समूह सि मा गण्डकी २ खेलमा दुबै हारसंगै अंकविहिन हुँदै बाहिरिएको हो । समूह सि मा अरण्यज्योती र राइजिङ पोखरा क्रीकेट क्लबको सेमिफाइनल सम्भावना कायमै रहेको छ   । दुबैको १/१ खेलबाट समान २ अंक छ ।


१२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगितामा  संघमा आबद्ध क्लबको मात्र सहभागिता रहेको छ । 


सो प्रतियोगितालाई नेपाल क्रिकेट संघले आयोजना गर्ने पिएम कपका लागि जिल्ला छनोटको रुपमा रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए  ।  


प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन ।

काठमाडौं:    सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।       सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गर...

थप पढ्नुहोस्

म्याग्दी:    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।   ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको आज सम्पन्न बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ...

थप पढ्नुहोस्