‘चाहिँदैन मलाई सिसाको महल...’

पाेखरा | असोज १७, २०८१

‘चाहिँदैन मलाई सिसाको महल...’

गण्डकी:      

‘चाहिँदैन मलाई सुनको दरबार    
चाहिँदैन मलाई हिरामोती हार    
यसै राम्रो छ मेरो पैदल यात्रा    
चाहिँदैन मलाई टल्कने कार...’

 

जनगायक जीवन शर्माले यो गीत गाउँमा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ्यो । कसैले शर्माको स्वरमा स्वर मिलाए । कतिले नाचेर साथ दिए । 


बुधबार सन्ध्यापख जनजनका प्रिय गायक शर्मालाई रक्तिम सांस्कृतिक अभियानले पोखरा सभागृहमा उभ्याएको थियो । उहाँले ‘चाहिँदैन मलाई सिसाको महल...’, ‘सिमली छायाँमा बसी...’लगायत आफ्ना चर्चित सुनाउनुभयो । 


वर्षौँपछि घर फर्केको प्रवासीको मनोभावना समेटिएको ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो...’बाट गाउन सुरु गर्नुभएका शर्माले पूरा अवधि दर्शकको मन जितिरहनुभयो । गायन प्रस्तुति सँगसँगै उहाँले गीतको रचनागर्भ, तत्कालीन समाज र परिवेशबारे पनि प्रसङ्ग उप्काउन भ्याउनुभयो । शर्माले गणतन्त्र स्थापनापछि पनि भ्रष्टचारले मुलुकलाई गाँजिरहेपछि ‘चाहिँदैन मलाई सुनको दरबार...’ गीत जन्मिएको बताउनुभयो ।


“भ्रष्टचार गरेर ठूल्ठूला दरबारमा बस्ने, चिल्ला कार चढ्ने र कालो धन थुपार्नेको मनमा चिसो पस्छ कि भनेर यो गीत गाएको हुँ तर सोचेजस्तो हुन सकेको छैन, अहिले पनि अवस्था उस्तै छ”, उहाँले भन्नुभयो । 


शर्माले श्रम र पसिना बगाएर सम्पत्ति आर्जन गर्नेहरुकाप्रति भने आफूले सँधै सम्मान गर्ने बताउनुभयो । “राम्रो घर, गाडी त श्रमिक र मजुदुरले पनि पाउनुपर्छ, मालिकले मात्र होइन, तिनै गरिब, सर्वहाराको सुदिन पक्कै आउँछ भन्दै हामीले गीत गाउँदै हिँडेका छौँ”, उहाँले भन्नुभयो । 


उहाँले सुशासन र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा लागि सांस्कृतिक फाँटबाट आफूहरुले सँधै राज्यलाई घच्घचाइरहेको बताउनुभयो । शर्माले नेपालको जनसांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले पुर्नजागृत गर्नुपर्ने बेला आएको धारणा राख्नुभयो । शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँमा बसी...’ गाउँदा कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायत मञ्चमै उक्लेर नाचेका थिए । 


उक्त विविध जनसांस्कृतिक कार्यक्रममा रक्तिम र सामना परिवारका कलाकारले कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गति माथि खबरदारी गरेका थिए । न्याय, मुक्ति र समानताका पक्षमा स्वर उराले । सर्वहारा वर्गका दुःख, बेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । दर्जनबढी कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए ।


कार्यक्रममा थारु समुदायमा प्रचलित गीतसहित टप्पा नाच र अपेरा पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक दलबहादुर विकले ‘पाखुरी यिनै हुन्...’, गायिका सुशिला थापा र उदय रिजालले ‘पूर्व क्षितिज...’लगायत गीत सनाउनुभएका थियो ।
 

व्यवस्था फेर्न जनताले ठूलो बलिदानीपूर्ण सङ्घर्ष गरेपनि अवस्था उस्तै रहेकाले अहिले पनि परिवर्तनका गीतहरु गाउँदै हिँड्नुपरिरहेको कलाकारहरुले सुनाएका थिए ।  समाजमा अहिले पनि विभेद र शोषण कायमै रहेकाले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको उनीहरुको भनाइ थियो । 


देशमा देखिएका बेथिति, विसङ्गति, भ्रष्टचार र महँगीका विरुद्ध सांस्कृतिक सचेतना नथा जनजागरण सिजर्नाका लागि सांस्कृतिक अभियान सञ्चालन गरिएको रक्तिम सांस्कृतिक अभियानकाका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।
 

मकवानपुर:     पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  ...

थप पढ्नुहोस्

पोखरा:    पोखरा नागढुङ्गामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ ।  पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङ ले आफ्नो शाखा विस्तार...

थप पढ्नुहोस्

धादिङ:     एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।           पानी परिरहेका बेला शरीर भिज्नबाट जो...

थप पढ्नुहोस्