पर्यटकमैत्री भान्छा बनाउन होटल एसोसिएसनद्वारा भान्छेलाई तालिम

पाेखरा | असार ३१, २०७९

पर्यटकमैत्री भान्छा बनाउन होटल एसोसिएसनद्वारा  भान्छेलाई तालिम

 

पोखरा:   पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये केही मुस्ताङ पुग्न बागलुङको बाटो भएर आउँछन् भने केही बागलुङकै पर्यटकीय क्षेत्र घुम्नका लागि पनि आउने  गरेका छन् । छोटो समय भएपनि उनीहरुको बिसौनी बन्छ, बागलुङका होटल तथा रेष्टुराँ । यहाँका होटल तथा रेष्टुराँले लामो समयदेखि ग्राहकको सेवा त गरिरहे पनि नयाँ स्वाद र आतिथ्यता दिन नसेकेको महसुस हुँदै आएको थियो । बागलुङमा आउने पर्यटकका लागि नयाँ स्वाद दिन र  होटल व्यवसायलाई दिगोरुपमा पर्यटनसँग जोड्न यहाँ क्रियाशील होटल व्यवसायी पछिल्लो समय जुर्मुराएका छन् । 

 

होटल एसोसिएसन नेपाल (हान) बागलुङ शाखाले पाहुनाका लागि नयाँ स्वाद पस्किने भन्दै भान्छामा काम गर्नेका लागि सातदिने ‘एड्भान्स कुक तालिम’ दिलाएकोे छ । हान गण्डकी प्रदेशको समन्वय र हान नेपालको आयोजनामा तालिम सञ्चालन गरेर बागलुङ र म्याग्दीका ३० भन्दा धेरै भान्छेलाई तालिम दिइएको हो । एक साता लामो तालिम लिएका भान्छेले अब यहाँका होटलमा पाइने खानाको स्वादमा फरकपन उपभोक्ताले महसुस गर्ने बताए । तालिम समापनका अवसरमा प्रशिक्षार्थी मिरा जिसीले भान्छामा गर्दै आएका क्रियाकलापमा थोरै सुधार गर्दा ग्राहकको चाहनाअनुसारको खाना तयार गर्न सकिने भए पनि ज्ञानको अभावमा आफूहरुले त्यसो नगर्ने गरेको बताउनुभयो । 

 

उहाँले तालिमपश्चात् अब सुधार गर्न सकिने जानकारी दिनुभयो । हानका प्रदेश अध्यक्ष हरि शर्मा गैरेले होटल व्यवसायलाई दिगो र जीविकोपार्जनमुखी बनाउन आवश्यक सबै प्राविधिक सहयोग गर्न हान तयार रहेको जानकारी दिनुभयो । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले भान्छालाई उद्योगका रुपमा विकास गरेर त्यहाँबाट तयार गरिने  बस्तुलाई  बजारीकरण गर्नसके होटल व्यवसाय दिगो हुनेमा जोड दिनुभयो । सेफ्स एसोसिएसन नेपालका प्रमुख प्रशिक्षक श्याम लामा र प्रशिक्षक शितल खनालले भान्छेहरुलाई तालिम दिनुभएको थियो । 

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्