प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु

कास्की | असार ३१, २०७९

प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु

कास्की:  पोखरामा एक प्रहरी जवानको मृत्यु भएको छ । मुत्यु हुनेमा बाग्लुङकाे जैमिनी नगरपालिका ९ की पवित्रा थापा रहेकी छिन् ।

 

प्रहरी जवान थापाको उपचारको क्रममा बिहिबार मृत्यु भएपश्चात अन्तिम श्रद्धाञ्जली अर्पण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्दै जानकारी दिएको हो ।

 

गण्डकी प्रदेश प्रहरीका अनुसार मृतक थापा गत सालको असोज  १७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभुत तालिम ७–०३ औं समुहमा तालिम गर्दै आएका थिए ।

 

उनको नियमित (शारीरिक अभ्यास) तालिमको क्रममा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचाररत रहेकी उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले घोषणा गरेको थियो  । 

 

मृत्युपश्चात उनलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।  यसअघि गत हप्ता पनि बुटबलमा तालिमकै क्रममा एक प्रहरी जवानको मृत्यु भएको थियो । 

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।  यससँगै उपभोक्ताले एक तोला...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्