नयाँगाउँमा हुने ‘सिक्स ए साइड एमेच्युअर फुटबल’को तयारी तिब्र

प्रतियोगिता १५ देखि १९ गतेसम्म चल्ने

पाेखरा | असोज १२, २०८१

नयाँगाउँमा हुने ‘सिक्स ए साइड एमेच्युअर फुटबल’को तयारी तिब्र

पोखरा महानगरपालिका १५ नयाँगाउँमा हुने विकाश प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

 

पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहितत यही १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तिब्र भइरहेको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । 

 

उनका अनुसार नयाँ गाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

 

प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए ।

 

गुरुङका अनुसार १ वटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ । 

 

प्रतियोगितामा ‘ए’,  ‘बि’ र ‘सि’ डिभिजन साथै गोल्डकपहरु खेलेका खेलाडीहरु सहभागि हुन नपाउने गुरुङले जानकारी दिए ।

 

‘नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो । लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन् । उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गरिएको हो ।’

 

उनले सो कार्यक्रमको उद्घाटनको अवसरमा पोखरा १५ मा क्रियाशिल आमा समूहरुको झाँकीसहितको र्याली प्रतियोगितासमेत आयोजना गरिने जानकारी दिए । 

 

‘प्रतियोगितालाई भव्य बनाउका लागि हामीले उद्घाटन गर्नुअघि विभिन्न समूहको झाँकीसहितको र्याली प्रतियोगिता पनि राखेका छौ, उनले भने, ‘प्रथम हुने समूहलाई नगद रु ७ हजार र दोस्रो हुने समूहलाई नगद रु ५ हजारसहित प्रमाणपत्र प्रदान गर्नेछौं । यसले स्थानीय स्तरको कला संस्कृतिको जगृेर्ना गर्न सघाउ पुग्ने विश्वास लिएका छौं ।’ 

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, असोज १३ गतेसम्म फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८४६७७१७४३, ९८०६५०४५९९) बताइएको छ ।

 

सो प्रतियोगिता सफल बनाउनका लागि नयाँगाउँ युवा क्लब  र संगम टोल विकास संस्थाको साथ रहेको विकास संस्थाका अध्यक्ष अदिप बरालले बताए ।

 

उनले युवाहरुको प्रतिभालाई उजागर गर्नका लागि सो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

 

यस्तै उपविजेता पुरस्कार राशी सौजन्य गरेको फ्याङ्कलिन एजुकेशन एकेडेमीका प्रबन्धक निर्देशक कमल खड्काले प्रतियोगिताले फुटबलको विकासमा टेवा पुर्याउने बताए । उनले आगामी दिनमा पनि सो प्रतियोगितालाई निरन्तरता दिनुपर्ने सुझाव दिदैं आफ्नोतर्फबाट सदैब सहयोग गर्न तयार रहेको बताएका थिए ।

 

उक्त प्रतियोगिताको मिडिाया पार्टनरका रुपमा सुनगाभा न्यूज रहेको छ भने, प्रतियोगिताका सबै खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।

 


 

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ ।    त्रिविले आज सूचना जारी गरी यही असोज १० गत...

थप पढ्नुहोस्

काठमाडौं:    सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ ।       शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी ...

थप पढ्नुहोस्

काठमाडौं:    अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबिसै घण्टा आपत्कालीन उपचारका...

थप पढ्नुहोस्