डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी

काठमाडाैं | असार ३१, २०७९

डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी


कालिकोट:     नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गर्नुभएको छ । जङ्गलमा पाइने निगालाबाट उहाँले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिवितरण गर्दै आउनुभएको छ । 

    

उहाँले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका लागि जाने गरेको बताउनुभयो ।  “ जङ्गलमा त्यतिकै खेर गएको निगालाको चोयाबाट डोका र नाङ्लो बेचेर राम्रो कमाइ गरेको छु ।  नाङ्लो मात्र रु पाँचसयदेखि छ सयसम्म बिक्री गर्ने गरेको छु ।” उहाँले भन्नुभयो, “गाउँघरमा यसको माग पनि निकै छ ।”

    

भारी बोक्न मिल्ने डोका रु एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म घाँस दाउरा गर्ने डोका रु आठ सयदेखि नौ सय मूल्यमा बिक्री हुने गरेको उहाँको भनाइ रहेको छ । “पहिलो आफन्तलाई डोका र नाङ्लो नासोको रुपमा दिने गरेका थियौँ ।” उहाँले भन्नुभयो, “अहिले त्यसलाई मैले बजारीकरण गरेर व्यापारका रुपमा विकास गरेको छु ।”

    

स्थानीय वस्तुभाउ बिक्री वितरण गर्नका लागि हाट बजार लाग्ने व्यवस्था भएको भए आफूलाई बिक्री वितरणमा सजिलो हुने उहाँको भनाइ छ । “स्थानीयस्तरमा उत्पादन भएको वस्तुभाउ बिक्री गर्नका लागि यहाँ कृषि हाट बजार लाग्दैन ।” उहाँले भन्नुभयो, “पिठ्युमा बोकेर गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको छु ।”

  

 स्थानीयस्तरमा उत्पादन हुने वस्तु डोका, नाङ्लो तथा अन्य वस्तुलाई स्थानीय सरकारले उत्पादन गर्न बिक्री गर्नका लागि सहजीकरण गर्न आवश्यक रहेको उहाँको माग छ  ।

कर्णालीः   कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम को तयारी थालिएको छ । पछिल्लो समयमा ऊर्जाशील युवाको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति...

थप पढ्नुहोस्

काठमाडौँः    प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य ...

थप पढ्नुहोस्

कैलालीः   छठ पूजा सेवा समिति धनगढीले यहाँको मोहना नदी तटमा आयोजना गर्ने छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै गएका छन् ।  समितिले यहाँ १२ वर्षदेखि छठ पर्वका अवसरमा मोहना नदी किनारमा पूजा...

थप पढ्नुहोस्