पोखरामा एबीसी टिभीको ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रिया हुँदैं
पाेखरा | असोज ११, २०८१
पोखरा: एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा बृहत संवाद कार्यक्रम हुन लागेको हो ।
ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा यही १३ गते आइतबार हुने कार्यक्रमको तयारी पूरा भएको गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमको समयावधि करिब १ घण्टा ३५ मिनेट तोकिएको छ ।
बिहानको ७: ४५ बजे सुरु हुने सो कार्यक्रममा विषयविज्ञका रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले प्रस्तुती दिने मगरले बताए ।
‘विषयविज्ञको प्रस्तुतीपछि खुला सत्रमा प्रश्नोत्तर हुनेछ, आस्थामगरले भने, ‘त्यसपछि महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी, समुन्नत गण्डकीको बारेमा संसदीय दल नेकपा माओवादीकी प्रमुख सचेतक कुसुम बुढामगरले धारणा राख्ने कार्यक्रम तय गरेका छौं ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता र उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल लगायत विशेष व्यक्तित्वहरुको सहभागिता रहने सो कार्यक्रमको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएकाले निर्धारित समयमै उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।
एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेलको सभापतित्वमा हुने कार्यक्रमको सञ्चालन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरले गर्नेछन् ।
सो कार्यक्रमले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकसित गर्न थप सघाउ पुग्ने विश्वास लिइएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

