केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी

कञ्चनपुर | असोज ९, २०८१

केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी

कञ्चनपुर:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ  जिल्लामा इन्चार्ज तोकेको छ । 


सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।


केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुर टेकेन्द्रप्रसाद भट्ट, कैलाली नेपबहादुर चौधरी, डडेल्धुरा कुन्ती जोशी, डोटीमा त्रिलोचन भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।


यसैगरी, बैतडीमा नरेन्द्र कुँवर, दार्चुला लक्ष्मणदत्त जोशी, बझाङ मीनबहादुर कुँवर, बाजुरा कर्णबहादुर विश्वकर्मा र अछाम जिल्ला इन्चार्जको जिम्मेवारी शरद्सिंह भण्डारीलाई दिइएको छ । 


जिम्मेवारी पाएर कार्यक्षेत्रमा खटिएका इन्चार्जले सङ्गठन सुदृढीकरणसँगै विस्तारका लागि कार्य अगाडि बढाउने बताइएको छ । 


अन्य केन्द्रीय समिति सदस्यलाई  प्रदेश, जिल्ला, सदन, विभाग, जनवर्गीय समिति, मोर्चामा जिम्मेवारी दिइने पोखरेलले बताउनुभयो ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्