मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु

म्याग्दी | असोज ५, २०८१

मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु

मुस्ताङ:    मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि आधा शताब्दी लामो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सुरु भएको छ । 

    
थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन ९थकाली०ले उद्घाटन गर्नुभयो । खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिनुभयो । 

    
“५० वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्व छ”, उहाँले भन्नुभयो, “पुरुष, महिला भलिबल, तारा खेल ९घनुषवाण० ९४० वर्ष माथिका० र आर्चरी ९खुल्ला०, लोक नृत्य र थकाली गीत प्रतियोगिता आयोजना गरिएको छ ।”  

    
छवटा क्लबले सहभागिता जनाएको पुरुष भलिबलमा विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्रदान गरिनेछ । 


तीनवटा क्लब सहभागी महिला भलिबलको विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित रु एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।  

    
धनुुषवाण र आर्चरीमा विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने सङ्घले जनाएको छ । मार्फाको मिलीजुली युवा क्लब सहआयोजक रहेको प्रतियोगिताअन्तर्गत कृषि मेला प्रदर्शनी पनि आयोजना भएको छ । 


नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३५ हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र र मेडल वितरण गरिने भएको छ । उद्घाटन समारोहमा झाँकी सहितको ¥यालीले मार्फा गाउँ परिक्रमा गरिएको थियो । 

    
संस्थाका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचन, संस्थाका पूर्वसचिव राजु लालचन, आर्चरीका अन्तर्राष्ट्रिय खेलाडी योगेन्द्र शेरचन र बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

    
पहिलो दिन पुरुष भलिबलको पहिलो चरणको तीनवटा खेल भएका छन् । उद्घाटन खेलमा मिलीजुली युवा क्लब मार्फासँगै पराजित भएको नीलगिरि युवा क्लब टुकुचेले अर्को खेलमा अन्नपूर्ण युवा क्लब ताक्लुङलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको छ । धौलागिरि युवा क्लब कोवाङले निर्मल स्पोट्र्स क्लब लेतेलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको थियो । 

    
महिला भलिबलमा नीलगिरि युवा क्लबले राष्ट्रिय टोलीका प्रतिभा माली, सलिना श्रेष्ठ, सोफिया पुनलाई मैदानमा उतार्ने भएको छ । मिलीजुली युवा क्लबले म्याग्दी र कास्कीबाट प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको छ । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्