पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीबासीको प्रतिबद्धता

पाेखरा | असोज ४, २०८१

पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीबासीको प्रतिबद्धता

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् ।

 

‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ यही असोज १२ गते ८ किमीको खुला पर्वतीय दौड हुन लागेको हो ।

 

पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेव मूर्ति र बुद्ध पार्क जोडेर खेल पर्यटन प्रवद्र्धन गर्न आयोजित उक्त पर्वतीय दौडका धावकलाई आफूहरुले फूलमालाले स्वागत गर्ने स्थानीयले बताए ।

 

वडाध्यक्ष हिमलाल बरालले आफ्नो वडामा नयाँ अवधारणाका साथ आयोजना हुने उक्त प्रतियोगिता सफल पार्न सबै जना लाग्नुपर्नेमा जोड दिए ।

 

उनले यस वर्ष सफल भए अर्को वर्ष फरक ढंगले सहयोग र साथ दिने बताए । धावक आफ्नो घरआँगन अगाडि आउँदा स्वागत गर्न आग्रह गर्दै उनले वडामा पर्यटकको कम्तीमा एक दिनको बसाइँ अवधि लम्बाउने गरी धेरै भौतिक संरचना निर्माण गर्न आवश्यक भएको बताए ।

 

वडा कार्यालयका अधिकृत रामप्रसाद पौडेलले २५ किमी सडक क्षेत्रमा दौड उपयुक्त रुट हुने बताए । उच्च मनोबलसाथ उक्त प्रतियोगिता सम्पन्न गर्न सुझाए ।

 

शुक्रराज माविका प्राचार्य नरनाथ बरालले १६ वर्षमुनिका धावकका लागि निःशुल्क दर्ताको व्यवस्था गर्न सुझाव दिए । विश्वसामु परिचित गर्न गाउँमा आयोजना हुने उक्त प्रतियागिता सफल पार्न विद्यालयबाट आवश्यक विद्यार्थी सहभागी गराउने वचन दिए ।

 

बुद्ध पार्क समिति अध्यक्ष लाला गुरुङले उक्त प्रतियोगिता सफल पार्न समिति सहित सिंगो गाउँले नै तयार रहेको जनाए ।

 

पोखरा–२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रबिन्दु बनाउन खेल पर्यटनले समेत सहयोग पुग्ने हेतुले प्रतियोगिताको जमर्को गरिएको आयोजक पोखरा क्लिक प्रालि अध्यक्ष दीननाथ बरालले बताए ।

 

दौडको रुट विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने व्यवस्थापक सागर सुनारले बताए ।

 

प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

 

यस्तै, महिला धावक, १६ वर्ष मुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जना नगद ७ हजारसहित पुरस्कृत हुने छन् ।

कार्यक्रममा शुक्रराज माविका शिक्षक मिलन गुरुङ, नेकपा (माओवादी केन्द्र) २२ का उपाध्यक्ष सनतकुमार बराल, कालीमाटी टोल विकास संस्थाका अध्यक्ष सुदीप विक, प्रवीण बराल, सावित्री भुजेललगायतले सहयोग गर्ने बताए ।

प्रतियोगितको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका छन् ।

बाँके:   चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ ।   फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ ।   अ​न्...

थप पढ्नुहोस्

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।   बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न सं...

थप पढ्नुहोस्

काठमाडौँ:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएक...

थप पढ्नुहोस्