पोखरामा प्रथम लेखनाथ क्रिकेट बल आउट च्याम्पियनसिप हुने
पाेखरा | भदौ ३१, २०८१
पोखरा: पोखरामा प्रथम लेखनाथ क्रिकेट बल आउट च्याम्पियनसिप हुने भएको छ । पोखरा महानगरपालिका–२६ मा पहिलोपटक आउदो असोज ५ गते बल आउट च्याम्पियनसिप हुन लागेको हो ।
स्थानीय युवाको अगुवाइमा हुने प्रतियोगिता पोखरा–२६ को भवानी कालिका माविको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेतालाई २२ हजार २२२ र उपविजेतालाई ११ हजार १११ सहित ट्रफी र मेडल प्रदान गरिने स्थानीय सुवर्ण बरालले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ठ बलर र अनुशासित टिमले समान २ हजार २२२ सहित ट्रफी पाउनेछन् । टीम दर्ताका लागि १ हजार ५ सय तोकिएको छ ।
प्रत्येक टिममा ३ जना खेलाडी हुने र ती ३ जनाले पालै पालो बलिङ गर्नेछन् र स्टम्पमा लागेर बेल खसेपछि मात्र अङ्क प्राप्त हुनेछ । बराबर भएमा ११ जनाले फाइनल बल गर्नेछन् र नतिजा नआईन्जेल निरन्तर हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

