बौदीकालीलाई सुवास नेम्बाङ स्मृति भलिबलको उपाधि

सरोज बने सर्वाेत्कृष्ट

पाेखरा | भदौ ३१, २०८१

बौदीकालीलाई सुवास नेम्बाङ स्मृति भलिबलको उपाधि

पोखराः    पोखरामा सम्पन्न भएको सुवास नेम्बाङ स्मृति प्रथम प्रदेश स्तरीय भलिबलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले जितेको छ । 

 

अनेरास्ववियु गण्डकी प्रदेशले पोखराको पिएन क्याम्पसमा आयोजना गरेको सुवास नेम्बाङ स्मृति प्रथम भलिबल प्रतियोगिताको फाइनल खेलमा विन्देश्वरी क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो । 

 

बौदीकालीले विन्देश्वरी क्लबलाई २५–१६, २५–२२ र २५–२१ ले पराजित गर्याे । 

 

उपाधि जितेको बौदीकाली गाउँपालिकाले नगद रु १ लाख ११ हजार १ सय ११ र उपविजेता भएको विन्देश्वरी क्लबले ७१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल  र प्रमाण प्राप्त गर्यो । 

 

सो प्रतियोगिताबाट बौदीकालीका सरोज बर्देवा सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । 

 

बौदीकालीको तर्फबाट चर्चित हिमाल सुनारी मगर, सरोज बर्देवा, अशोक श्रेष्ठ, राजन दर्लामीमगर लगायतका खेलाडीहरु खेलेका थिए । भने, विन्देश्वरीको तर्फबाट सञ्जु विक्रम शाही, रेशम छन्तयाल, संजोग परियार लगायतका खेलाडी खेलेका थिए ।

 

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अथितिसमेत रहेका अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकाया, नेकपा एमाले कास्कीका सचिव तथा युवा नेता दर्शन लामा, भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, बौदीकाली गाउँपालिकाका प्रमुख प्रकाश ओझा लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

गत २७ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा गण्डकी प्रदेशका १२ समूहको सहभागिता रहेको कार्यक्रम संयोजक विष्णु क्षेत्रीले जानकारी दिए । 
 

उनले आगामी वर्षपनि दोस्रो संस्करणको प्रतियोगिता सोही मितिमै सञ्चालन गर्ने बताए ।

 

उनले दोस्रो संस्करणमा नगद राशीसमेत बृद्धि गरेको बताउदै प्रथम हुनलेलाई नगद रु १ लाख ३१ हजार १ सय ११, दोस्रो पुरस्कार ८१ हजार १ सय ११ र तृतीय हुनेलाई ५१ हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए ।


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्