डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्र

म्याग्दी | असार २९, २०७९

डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्र


म्याग्दी:    म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्र भएको छ । बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै छिमेकी बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

    

सडक कालोपत्र भएपछि मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै पश्चिम बागलुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन् । विसं २०६३ मा निर्माण गरिएको २७ किलोमिटर लामो बेनी–दरबाङ सडक खण्डमध्ये १२ किलोमिटर लामो बेनी–सिमखण्ड कालोपत्र भएपछि अब जोखिमपूर्ण यात्रा हटेको छ ।
 
    

सडक कालोपत्र भएपछि करिब दुई घण्टाको यात्रा अवधि २५ मिनेटमा छोटिएको मालिका–५ का भुवन बूढाले बताउनुभयो । “सामान ढुवानी गर्न र आवतजावतमा सजिलो हुनुका साथै धुलो र हिलोबाट मुक्त भएका छौँ”, रणबाङका हरिकृष्ण पौडलले भन्नुभयो । अब सो क्षेत्रको व्यापार व्यवसाय फष्टाउने भएको छ । 

    

बेनी–सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र गरेको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीका अनुसार पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकको ठाउँमा कालोपत्र गरिएको छ । एघार मिटर फराकिलो सडकमा सात मिटर कालोपत्र गरिएको छ ।

    

सडक कालोपत्र गर्न २०७४ असोजमा रु ४५ करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा काम गर्न ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ  । तत्कालीन सडक डिभिजन कार्यालयले ठेक्का लगाएको उक्त सडक २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । 

    

आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्मको आठ किलोमिटर खण्ड कालोपत्र गर्न रु २२ करोड ५७ लाखमा बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको छ । एक वर्षयता सो कम्पनीले काम नगर्दा काम अधुरै छ । यस्तै मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । 

काठमाडौं:   संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुन: सक्रिय ...

थप पढ्नुहोस्

गलकोट:   बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत पानी वितरण गर्दा मासिक रु पाँच लाख विद्युत् महसुल तिर्दै आएको छ ।  अधूरो लिफ्ट आयोजनाबाट खानेपानीको सङ्कट टार्नका ला...

थप पढ्नुहोस्

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । बिहीबार  दिउँसो सुदूरपश्चिम प्रदेशल...

थप पढ्नुहोस्