अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी अध्यक्षमा गुरुङ विजयी
पाेखरा | भदौ २५, २०८१
कास्की: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ निर्वाचित भएका छन् ।
यही भदौ २३ गतेदेखि पोखरामा सुरु भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान सार्वजनिक मतपरिणामअनुसार गुरुङ एक सय ३७ मतसहित विजयी भएका हुन् ।
उनका प्रत्याशी रामकृष्ण भट्टले ७१ मत ल्याए । खुला उपाध्यक्षमा बसन्त भट्टचन (कास्की), सरोजवल्लभ भट्टराई (गोरखा), अशोक मरहठ्ठा (गोरखा) विजयी भए । यसैगरी समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध भए ।
प्रमुख सचिवमा सुजन बाँस्तोला (कास्की) तथा सचिवमा खुलातर्फ प्रदीप ढकाल (गोरखा), विशद उपाध्याय(नवलपुर) र सन्दिप महतो(नवलपुर) निर्वाचित भए।
महिला सचिवमा जुना गुरुङ (लमजुङ), समावेशीमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार(बागलुङ) निर्विरोध भएको निर्वाचन समितिका संयोजक अधिवक्ता निर्मला क्रान्तिले जानकारी दिईन् । क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय रहेको छ ।
सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने निर्वतमान अध्यक्ष सुदिन पौडेलले जानकारी दिए । निर्वाचन समिति सदस्यमा विपीन आचार्य र अमरदिप पराजुली रहेका थिए ।
पोखरा: ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्...
काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

