पाल्पामा तीज विशेष फुटबल: सराई र दमकडा उपाधिका लागि भिड्ने

पाल्पा | भदौ १९, २०८१

पाल्पामा तीज विशेष फुटबल: सराई र दमकडा उपाधिका लागि भिड्ने

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि सराई र दमकडा एफसी भिड्ने भएका छन् ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक नव जागृति युवा क्लब (कालो) लाई ४–३ गोल अन्तरले पेनाल्टी सुटअउटमा पराजित गर्दै दमकडा फाइनलमा पुगेको हो ।

 

निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटअउटमा धकेलिएको थियो ।

 

यसअघि सराई एफसीले मणिमुकुन्दलाई २–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको थियो ।

 

अब दमकडा र सराईबीच फाइनल खेल हरितालिका तीज (२१ गते) को दिन कोठीचौर खेल मैदानमा हुने क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी  दिए ।

 

सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।

 

कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
 

सर्लाही:    सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थाल्नुभएको छ । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्यालयले नातिनीका लागि तपाईंले पनि प...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:      दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको ज...

थप पढ्नुहोस्

ढोरपाटन:     दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्...

थप पढ्नुहोस्