म्याग्दीकी दिया बनिन् ‘मिस एसइई’

पाेखरा | असार २७, २०७९

म्याग्दीकी दिया बनिन् ‘मिस एसइई’

 

पोखरा:  आठौं मिस एसईई २०२२ को उपाधि म्याग्दीकी लिया पुनले जितेकी छन् । शनिबार पोखरामा भएको प्रतियोगितामा १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बेनी स्थित न्यू वेस्ट स्कूलकी पुनले उपाधि जितेकी हुन् । उपाधिसगैँ उनले हिरोको स्कुटर र चाँदीको ताज प्राप्त गरिन् । 

 

यस्तै प्रतियोगितामा शिशु निकेतन स्कुल पोखराकी कलस पौडेल दोस्रो र मदरल्याण्ड स्कुलकी दिक्षा कोइराला तेस्रो भए । उनिहरु दुबै जनाले चाँदीको ताज प्राप्त गरेको आयोजक इभेन्ट फरयु का अध्यक्ष तथा कार्यक्रम संयोजक बिशाल गुरुङले जानकारी दिए । सो प्रतियोगितामा डोल्पा, म्याग्दी, चितवन र पोखराका युवतीहरुको सहभागिता रहेको थियो । 

 

प्रतियोगिताको निर्णायकहरुमा पत्रकार दिपेन्द्र श्रेष्ठ, मदरल्याण्ड स्कुलका फाउन्डर त्रिभुवन शर्मा, पोखरा जेसिसका अध्यक्ष मिनराज खड्का, लायन्स कल्ब  अफ पोखरा मेट्रो सिटीका अध्यक्ष सरोज वाग्ले, इभेन्ट अर्गनाइजर चितवनकी मिना झा, सामाजिक अभियन्ता दुर्गा घिमिरे, मिस एसईई पोखरा २०१६ कि प्रेरणा पराजुली र २०१८ कि श्रेया अधिकारी रहेका थिए । कार्यक्रमको कोरियोग्राफी द ¥याम्पका डाइरेक्टर जयनसुब्बा मान्नधरले गरेकी थिइन् ।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्