कोपिला सहकारीको १७ औं साधारणसभा

पाेखरा | भदौ १५, २०८१

कोपिला सहकारीको १७ औं साधारणसभा

पोखरा ४, सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 

 

सो साधारणसभामा संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले अध्यक्षको प्रतिवेदन पेस गरे ।

 

यस्तै, कोषाध्यक्ष घननाथ सापकोटा र लेखा सुपरीवेक्षण समितिका संयोजक केशवराज अधिकारीले क्रमश: कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेस गरे । 

 

सो अवसरमा उत्कृष्ट कारोबारी र कर्मचारीलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार उत्कृष्ट कारोबारीतर्फ राजकुमार श्रेष्ठ, बुद्धिमाया कार्की, टीकाराम कामी, पार्वती सिग्देल मर्सानी, सचिन अधिकारी, प्रवीण खेतान, कल्याणप्रसाद मल्ल, रेशम थापामगर, समीता अधिकारी, यज्ञ खत्री छन् ।

 

कर्मचारीतर्फ बजार प्रतिनिधि अनीशा पौडेललाई सम्मान गरिएको थियो । 

 

सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्कीले उद्घाटन गरेको कार्यक्रममा पूर्व अध्यक्ष श्यामप्रसाद पौडेल, निवर्तमान अध्यक्ष ठाकुरप्रसाद पोखरेल, चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने, सम्मानित व्यक्तित्वतर्फबाट राजकुमार श्रेष्ठ, शेयर सदस्यतर्फबाट सीमा कोइराला, सूर्य लम्सालले मन्तव्य व्यक्त गरे । 

 

सहकारी अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले स्वागत र सदस्य सुलोचना देवकोटाले सहकारीका सात सिद्धान्त वाचन गरे । 

 

संस्थाका सचिव सञ्जय पौडेलले संचालन गरेका थिए ।
 

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

थप पढ्नुहोस्