विन्ध्येश्वरी आदर्श स्कुलमा तीज गीत तथा राइम्स प्रतियोगिता

पाेखरा | भदौ १४, २०८१

विन्ध्येश्वरी आदर्श स्कुलमा तीज गीत तथा राइम्स प्रतियोगिता

पोखरा:   ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा १ मोहरियाटोल्मा सञ्चालित  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा तीजको अवसरमा पूर्व प्राथमिक तहदेखि मा.वि. तहसम्म बाल गीत तथा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ । 

 

पूर्व प्रा.वि.तर्फबाट दुई समूहमा विभाजन गरी मूल्यांकन गरिएकोमा कक्षा नर्सरी र एल.के.जी.मा कक्षा एल.के.जी. प्रथम र कक्षा यू.के.जी. ‘क’ र ‘ख’ र कक्षा १ को मूल्यांकनमा कक्षा १ ले प्रथम स्थान प्राप्त गरेका थिए । 

 

आधारभूत जुनियरमा कक्षा २ देखि ५ तर्फबाट कक्षा ५ मा अध्ययनरत छात्राहरुद्वय आकृति पाण्डे र अदिती तिमिल्सिना प्रथम, कक्षा ३ का छात्रछात्राहरु मौ भौमिक,सइशा तामाङ, काव्या बि.क., अनुस्का अधिकारी, एस्टल गुरुङ र सौगात हमालको समूह द्वितीय, कक्षा ३ कै छात्रा सुजिता बाल्कोटी तृतीय र कक्षा ४ की छात्रा दीया क्षेत्री र कक्षा २ की छात्रा बिपासा मल्ललेसान्त्वना पुरस्कार प्राप्त गरेका थिए । 

 

कक्षा ६ देखि १० तर्फबाट कक्षा ९ मा अध्ययनरत छात्राहरु प्रशंसा कार्की,आयुष्का पाइजा, अंशु भुजेल, आरोसी देवकोटा, आशिका देवकोटा र प्रशंसा सुनारको समूह प्रथम, कक्षा १० मा अध्ययनरत छात्राहरु सुजिता सुनार, लुनिभा कपाली र साइना बुद्धाचार्यको समूह द्वितीय र कक्षा १० मा अध्ययनरत छात्रा अनिता बि.कले तृतीय स्थान प्राप्त गरेका थिए । 

 

विजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै प्राचार्य कृष्णकुमार श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरुका शैक्षिक, सामाजिक, व्यक्तिगत तथा बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै उनीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुने कुरा बताउनुभएको थियो ।

 

प्राचार्य श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा एम.बि.बि.एस. अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी यस विद्यालयकी पूर्व छात्रा कृषा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । 

 

यस कार्यक्रमको निर्णायक मण्डलमा स्कुलकी नृत्य शिक्षिका रन्जु बयलकोटी र कविता गुरुङ रहनुभएको थियो । भने कार्यक्रम सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।
 

सर्लाही:    सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थाल्नुभएको छ । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्यालयले नातिनीका लागि तपाईंले पनि प...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:      दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको ज...

थप पढ्नुहोस्

ढोरपाटन:     दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्...

थप पढ्नुहोस्