पाल्पामा फुटबल जारी: मणिमुकुन्द अन्तिम चारमा प्रवेश
पाल्पा | भदौ १३, २०८१
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा मणिमुकुन्द क्बलले प्रकृति युथ क्लबलाई पराजित गरेको छ ।
हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा मणिमुकुन्द क्लब र प्रकृति युथ क्लबबीच आज (बिहीबार) भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा ४–३ गोलअन्तरले जीत निकाल्दै मणिमुकुन्द सेमिफाइनलमा प्रवेश गर्याे ।
क्लबका कोषाध्यक्ष मनिक गाहामगरका अनुसार उक्त खेलबाट मणिमुकुन्दका गोलरक्षक पवन बुचा म्यान अफ द म्याच घोषित भए ।

निकै सँघर्षपूर्ण जीत निकालेको मणिमुकुन्दले भोलि हुने लुम्बिनी मेडिकल कलेल र सराई एफसीबीचको विजेता टिमसँग यही १७ गते भिड्नेछ ।
प्रतियोगिताको फाइनल २१ गते हुने आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

