पाल्पामा फुटबल जारी: मणिमुकुन्द अन्तिम चारमा प्रवेश

पाल्पा | भदौ १३, २०८१

पाल्पामा फुटबल जारी: मणिमुकुन्द अन्तिम चारमा प्रवेश

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा मणिमुकुन्द क्बलले प्रकृति युथ क्लबलाई पराजित गरेको छ ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा मणिमुकुन्द क्लब र प्रकृति युथ क्लबबीच आज (बिहीबार) भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा ४–३ गोलअन्तरले जीत निकाल्दै मणिमुकुन्द सेमिफाइनलमा प्रवेश गर्याे ।

 

क्लबका कोषाध्यक्ष मनिक गाहामगरका अनुसार उक्त खेलबाट मणिमुकुन्दका गोलरक्षक पवन बुचा म्यान अफ द म्याच घोषित भए ।

 

 

निकै सँघर्षपूर्ण जीत निकालेको मणिमुकुन्दले भोलि हुने लुम्बिनी मेडिकल कलेल र सराई एफसीबीचको विजेता टिमसँग यही १७  गते भिड्नेछ । 

 

प्रतियोगिताको फाइनल २१ गते हुने आयोजकले जनाएको छ ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्