घोरबन्दामा जारी फुटबलमा एलएमसी क्वाटरफाइनलमा प्रवेश
पाल्पा | भदौ १०, २०८१
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा लुम्बिनी मेडिकल कलेजले आयोजक निलोलाई पराजित गरेको छ ।
हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा आयोजक निलोलाई ३–२ गोल अन्तरले पराजित गर्दै एलएमसी क्वाटरफाइनलमा प्रवेश गरेको क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।
उनका अनुसार एलएमसीको जीतमा म्यान अफ द म्याच घोषित भएका सौगात केसीले १ गोल गरे । भने, आयोजक नव जागृति युवा क्लबको तर्फबाट २ गोल आत्मघाती हुन पुगेको थियो ।
यता हार व्यहोरेको आयोजक निलोका लागि राजन गाहा र विवश गाहाले समान १ गोल फर्काएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलबाट जीत निकालेको एलएमसीले अब १३ गते हुने प्रकृति एफसी र एमएमसी एबीचको विजेता टिमसँग यही १७ गते प्रतिस्पर्धा गर्नेछ ।
भोलि (मंगलबार) दिउँसो ३ बजे न्यू हिमाली एफसी र युनाइटेड युथ एफसीबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए ।
उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।
कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

