सेभेन ए साइड फुटबलमा कस्केरी च्याम्पियन
पाेखरा | भदौ ८, २०८१
पोखरा: पोखराको पुरानो टुडिखेलमा सम्पन्न एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा कस्केरी १ च्याम्पियन बनेको छ ।
आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा प्रवेश गरेका हुन् ।
पोखरा १ पुरानो टुंडिखेलमा शनिबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गदै कस्केरी च्याम्पियन बनेको हो ।
कस्केरीका युडी पुनले निर्णायक गोल गरे ।
च्याम्पियन बनेको कस्केरीले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गयो । भने, उपविजेता बनेको एट टु नाइन एफसीलाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताबाट सिआर गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए ।
यस्तै उदीयमान खेलाडीका रुपमा अभिषेक गुरुङ, उत्कृष्ट गोलरक्षकका रुपमा दिप कार्की र सर्वाधिक गोलकर्ताका रुपमा अनुज भण्डारी घोषित हुँदैं जनही २ हजारसहित पुरस्कृत भए । कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिता गत १ गतेदेखि चलेको थियो ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि समेत रहेका वडा प्रहरी बगरका प्रहरी प्रमुख बोधराज रेग्मी,पुरस्कारदाताहरु लगायतले पुरस्कार प्रदान गरेका थिए ।

पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

