राष्ट्रियसभाबाट टीआरसी विधेयक पारित
काठमाडाैं | भदौ ६, २०८१
काठमाडौं: संक्रणकालीन न्यायसम्वन्धी विधेयक (टीआरसी) संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट पनि पारित भएको छ।
आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।
यसअघि उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । लगत्तै माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको थियो । दुवै सदनबाट पारित भएपछि अव राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै लागू हुनेछ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

