पोखरामा चलचित्र दिलसराको विशेष प्रदर्शन, दर्शकको सकारात्मक प्रतिक्रिया

को–को छन् कलाकार ?

पाेखरा | भदौ ३, २०८१

पोखरामा चलचित्र दिलसराको विशेष प्रदर्शन, दर्शकको सकारात्मक प्रतिक्रिया

पोखरा:   पोखराको सभागृह हलमा मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को विशेष प्रदर्शन भएको छ ।

 

मगर समुदायको सामाजिक र सांस्कृतिक पक्षमा आधाररही निर्मित चलचित्र ‘दिलसरा’को आज (सोमबार) विशेष प्रदर्शनी गरिएको हो ।

 

पहिलो प्रदर्शन हाउसफुल भएपछि अर्काेपटक पनि शो गरिएको निर्माता मिना थापामगरले जानकारी दिइन् ।

 

उनका अनुसार करिब १ हजार ५ सय बढी दर्शक क्षमता भएको हलमा नअटाएपछि दुई सो गरिएको हो ।

 

चलचित्र हेरिसकेपछि दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिए । 

 

न​दीपुरबाट चलचित्र हेर्न पुगेका उमेश रानामगरले मगर समुदायमा आधारित चलचित्रहरुमध्ये प्रशंसा गर्न लायक बनेको बताए ।

 

‘हाम्रो समुदायमा यतिको चलचित्र बन्नु राम्रो नै मान्नुपर्छ, उनले भने, ‘मेनस्ट्रिमसँग तुलना गर्न नसकिएपनि मगरको अरु चलचित्रसँग जोडेर हेर्दाजे होस् राम्रो नै बनेको छ ।’

 

चलचचित्रको नायक तथा नायिका

 

नारी प्रधान चलचित्र भएकाले सो चलचित्र नायिका दिलसराको पेरिफेरिमा घुमिरहन्छ ।

 

चलचित्रमा मगर समुदायमा व्याप्त रहेको लाहुरे प्रथा, सामाजिक अवस्था सम्बन्धको साँस्कृतिक हक, लगायतको विषलाई दर्शाइएको छ । प्रेम कथामा बुनिएको यो चलचित्रले कहिले घुक्क घुक्क रुवाउछ भने कहिले खित्का छाडेर हसाउँछ । 

 

को–को छन् कलाकार ?

 

मेनेको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका हुन् ।  

 

सो चलचित्रको मुख्य पत्रकारु रुपमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर रहेका छन् । 

 

 

यस्तै मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।

 

अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।

 

चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् ।
 

सर्लाही:    सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थाल्नुभएको छ । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्यालयले नातिनीका लागि तपाईंले पनि प...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:      दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको ज...

थप पढ्नुहोस्

ढोरपाटन:     दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्...

थप पढ्नुहोस्