पोखरामा चलचित्र दिलसराको विशेष प्रदर्शन, दर्शकको सकारात्मक प्रतिक्रिया
को–को छन् कलाकार ?
पाेखरा | भदौ ३, २०८१
पोखरा: पोखराको सभागृह हलमा मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को विशेष प्रदर्शन भएको छ ।
मगर समुदायको सामाजिक र सांस्कृतिक पक्षमा आधाररही निर्मित चलचित्र ‘दिलसरा’को आज (सोमबार) विशेष प्रदर्शनी गरिएको हो ।
पहिलो प्रदर्शन हाउसफुल भएपछि अर्काेपटक पनि शो गरिएको निर्माता मिना थापामगरले जानकारी दिइन् ।
उनका अनुसार करिब १ हजार ५ सय बढी दर्शक क्षमता भएको हलमा नअटाएपछि दुई सो गरिएको हो ।
चलचित्र हेरिसकेपछि दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिए ।
नदीपुरबाट चलचित्र हेर्न पुगेका उमेश रानामगरले मगर समुदायमा आधारित चलचित्रहरुमध्ये प्रशंसा गर्न लायक बनेको बताए ।
‘हाम्रो समुदायमा यतिको चलचित्र बन्नु राम्रो नै मान्नुपर्छ, उनले भने, ‘मेनस्ट्रिमसँग तुलना गर्न नसकिएपनि मगरको अरु चलचित्रसँग जोडेर हेर्दाजे होस् राम्रो नै बनेको छ ।’

चलचचित्रको नायक तथा नायिका
नारी प्रधान चलचित्र भएकाले सो चलचित्र नायिका दिलसराको पेरिफेरिमा घुमिरहन्छ ।
चलचित्रमा मगर समुदायमा व्याप्त रहेको लाहुरे प्रथा, सामाजिक अवस्था सम्बन्धको साँस्कृतिक हक, लगायतको विषलाई दर्शाइएको छ । प्रेम कथामा बुनिएको यो चलचित्रले कहिले घुक्क घुक्क रुवाउछ भने कहिले खित्का छाडेर हसाउँछ ।
को–को छन् कलाकार ?
मेनेको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका हुन् ।
सो चलचित्रको मुख्य पत्रकारु रुपमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर रहेका छन् ।

यस्तै मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।
अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।
चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

