पोखरा–९ कृष्ण टोलमा उद्घोषण तालिम
पाेखरा | साउन २७, २०८१
पोखरा: पोखरा महानगरपालिका–९ कृष्णटोलमा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
सामाजिक सेवामा क्रियाशिल कृष्ण युवा क्लबको आयोजनामा पोखरा–९ कृष्ण टोलमा एक दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सञ्चालन भएको हो ।
तालिममा ४७ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थिए भने, सञ्चारकर्मी अनुराग अधिकारीले प्रशिक्षण दिएका थिए ।
पोखरा महानगरपालिका–९ का वडा सदस्य नन्दराम गिरीले क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमले आत्मविश्वासलाई मजबुद बनाउने बताए ।
राष्ट्रिय भुमी अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागू गर्न आवश्यक रहेको बताए ।
कार्यक्रम कृष्ण युवा क्लबका अध्यक्ष कृष्ण विकको अध्यक्षता र सचिव युवराज गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

