बुटवलमा साँढेले कुल्चिँदा गुल्मीकी पाण्डेको मृत्यु

बुटवल | साउन २६, २०८१

बुटवलमा साँढेले कुल्चिँदा गुल्मीकी पाण्डेको मृत्यु

बुटवल:    सडकमा जुधिरहेका छाडा चौपायाले कुल्चिँदा बुटवलमा एक महिलाले ज्यान गुमाएकी छन् ।

 

गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चिँदा ज्यान गएको हो ।

 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका  अनुसार  सडकमा जुधिरहेका २ वटा साँढेले बाटो हिँडिरहेकी सीतालाई कुल्चिएको थियो ।

 

 

घटनापछि गम्भीर घाइते भएकी सिताको उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक  उपचारकै क्रममा मृत्यु भएको हो ।

 

बुटवल लगायत देशका मुख्य शहर पोखरा, नेपालगञ्ज, विराटनगरमा पनि छाडा चौपायाहरुकै कारण ट्राफिक व्यवस्थापनमासमेत सकस बढ्दै गरेको छ ।

 

 

 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्