पोखरामा ‘अघि बढ्छ युवा’ कार्यक्रम हुँदै, क-कसले दिँदै छन् प्रस्तुति ?

पाेखरा | साउन २६, २०८१

पोखरामा ‘अघि बढ्छ युवा’ कार्यक्रम हुँदै, क-कसले दिँदै छन् प्रस्तुति ?

पोखरा:     नेपाल आइडल सिजन-५ का विजेता करण परियार र मोटिभेस्नल स्पिकर रोहित मल्ल पोखरा आउने भएका छन् । 


रोहित मल्ल मोटिभेस्नल स्पिकरका रुपमा पोखरा आउन लागेको हुन् भने करण सम्मान थाप्न पोखरा आउन लागेको नेकपा एमाले कास्की जिल्लाका सचिव दर्शन लामाले जानकारी दिए ।


साउन २८ गते अन्तर्राष्ट्रिय  युवा दिवसको अवसरमा नेकपा एमाले कास्की जिल्लाले ‘अघि बढ्छ युवा’ नामक कार्यक्रम गरेर एक दर्जन युवाहरुलाई सम्मानसँगै अन्य कार्यक्रम गर्दैछ । 


सोही कार्यक्रममा करणसँगै नेपाल आइडलकी फस्ट रनरअप सलोमी गुरुङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर विकास गौचन र अधिवक्ता कुञ्जनी परियार प्यासी लगायतलाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक लामाले जानकारी दिए ।


कार्यक्रम पोखरा ८ न्यूरोडका सिटी स्क्वायरमा २८ गते दिउँसो ३ बजेदेखि सुरु हुने लामाले जानकारी दिए । उनका अनुसार गीत–संगीत, खेलकुद र विविध क्षेत्रका युवालाई सम्मान गर्ने कार्यक्रमसँगै अन्य क्षेत्रका सम्भावनाबारे बहस र अनुभवी युवाबाट ‘आत्म मन्थन’ समेत हुने छ ।


कार्यक्रममा राष्ट्रियता भल्कने गीत प्रस्तुत गर्ने जनाइएको छ । यस्तै, चार्टर एकाउन्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावनाबारे प्रस्तुती दिनेछन् भने अस्मित कलेजकी कोडिनेटर शुष्मा रञ्जित र गण्डकी विश्वविद्यालयका डिन डाक्टर कपिल अधिकारीले युवासँग विज्ञानका कुरा गर्नेछन् ।


कार्यक्रममा साहित्यकार निकेश गिरी र कुशल गौतमले गजल प्रस्तुत गर्ने कार्यतालिका छ । यस्तै, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ‘परिवर्तनमा युवा’ शीर्षकमा राजनीतिक वक्तव्य दिने र अधिवक्ता कुञ्जनी परियार प्यासीले आफ्नो न्यायिक यात्राका बारेमा बताउनेछिन् । 


उनले आफू कसरी अधिवक्ता बनिन्, न्यायिक क्षेत्रको सम्भावना के छ ? युवा कानुन व्यवसायीलाई हेर्ने नजर कस्तो छ ? र कहाँ सुध्रने, को सुध्रने बारेमा आफ्नो भनाइ राख्नेछिन् । यस्तै, रोहित मल्लले भने युवाहरुलाई उत्प्रेरक वक्तव्य दिने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए ।


युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन नसकेको अवस्थामा कसरी नेपालमा युवालाई उद्यमी बनाउने भनेर ‘कि नोट’ प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको लामाले जानकारी दिए ।


राजनीतिक अस्थिरताले युवामा नैराश्यता पैदा भइरहेको बेला युवा दिवसको अवसरमा विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका व्यक्तित्वहरुको प्रस्तुती र मोटिभेस्नल कार्यक्रम गर्न लागिएको लामाले बताए । 


मोटिभेस्नल कार्यक्रमसँगै अहिलेका बहुचर्चित कलाकारहरुले सांगीतिक प्रस्तुती र गजल वाचन समेत गर्ने तालिका छ ।  कार्यक्रममा ५ सय जनाभन्दा बढी युवाहरुको सहभागिता हुने अनुमान रहेको लामाले सुनाए ।

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्