बागलुङ बसपार्कमा भोलि खुला रक्तदान हुँदै
पाेखरा | साउन २३, २०८१
पोखरा: लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एम, जोन नाइन अन्तरगर्तका लायन्स क्लबले पोखरा महानगरपालिका २ स्थितबागलुङ बसपार्कमा खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
लायन्स क्लब अफ पोखरा गतिशिल, लायन्स क्लब अफ पोखरा गोल्डेन भिलेज, लायन्स क्लब अफ पोखरा ग्रिन वेभको सँयुक्त आयोजनामा यही बिहीबार रक्तदानको आयोजना गरिएको ग्रीन वेभकी अध्यक्ष सरस्वती पुरीले जानकारी दिइन् ।
उनका अनुसार रक्तदान बिहानी ७ बजेबाट सुरु हुनेछ ।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पुरीले बताइन् । ‘क्लबले हरेक वर्ष आफ्नो वाषर््िाक कार्यतालिका अनुसार विभिन्न कार्यक्रमहरु गर्नुपर्ने हुन्छ, उनले भनिन्, ‘सोही अन्तर्गत हामीले रक्तदानको आयोजना गरेका हौं । यसले रगतको अभावलाई केही हदसम्म कम गर्न सघाउ पुग्ने हाम्रो विश्वास छ ।’
अहिले प्राकृतिक विपत्तीका कारण गण्डकी प्रदेशमा तुलनात्मक रुपमा रगतको कमी भएको बताइएको छ ।
सो कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त रञ्चार केन्द्रको रहने छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

