नवौं राष्ट्रिय खेलकुदका लागि मुख्य ट्रफि बनाइने
काठमाडाैं | असार २४, २०७९
काठमाण्डौं: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि बसेको पहिलो मुल आयोजक समितिको बैठकले प्रतियोगिताका लागि विजेताले पाउने नयाँ मुख्य ट्रफि निर्माण गर्ने निर्णय गरेको छ ।
काठमाण्डौंमा आज बसेको मुल आयोजक समितिको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट लागु हुने गरी मुख्य ट्रफि निर्माण गर्ने लगायत ६ वटा निर्णयहरु गरेको हो ।
समितिको निर्णय अनुसार उक्त मुख्य ट्रफि लगातार तीन संस्करणको उपाधि विजेता टोलीले प्राप्त गर्नेछ । तर रनिङ्ग ट्रफिको रुपमा रहेको उक्त मुख्य ट्रफि कति लागत र कस्तो निर्माण गर्ने भन्ने विषयमा समितिले आधिकारिक रुपमा कुनै पनि जानकारी गराएको छैन ।
यसबाहेक समितिको पहिलो बैठकले प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने, प्रतियोगिताकालागि १४ वटा उपसमिती गठन गर्ने, प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिमलाई सहभागी गराउने निर्णय गरेको छ ।
त्यस्तै प्रतियोगितामा विभिन्न ३६ खेल विधामा प्रतिष्पर्धा गराउने,नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी निर्माण गरिने भनिएको मुख्य ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा डुलाउने निर्णय गरेको छ ।
यस्तै बैठकले आर्थिक वर्ष २०७८–७९ मा सरकारले छुट्याएको ६० करोडको बजेट स्विकृत भएको जानकारी गराएको छ ।
प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

