लोमान्थाङमा गल्फ प्रतियोगिताः ‘होल इन वन’लाई याक पुरस्कार
मुस्ताङ | साउन २१, २०८१
पोखरा: मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवाथाङमा भदौ १ गते तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ ।
मुस्ताङ गल्फ कोर्सले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
मुस्ताङ गल्फ कोर्सका प्रबन्धक निर्देशक इन्द्रधारा विष्टले खेलकुद प्रतियोगितासँगै मुस्ताङमा पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताए ।
‘आन्तरिक तथा बाह्य पर्यटकहरु रोजाई अहिले लुम्बिनी र सगरमाथा पर्छ भने तेस्रोमा मुस्ताङ पर्छ’, विष्टले भने, ‘खेलकुद प्रतियोगिताबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सन्देशसँगै मुस्ताङमा पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य हो ।’
विश्वकै उच्च स्थानमा दाबी गरिएको ४ हजार ६ सय ४५ मिटर उचाईमा रहेको तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुन लागेको हो ।
भदौ १ गते हुने प्रतियोगितामा गैर–आवासिय नेपाली गल्फरसँगै ५५ देखि ६० जनाले सहभागिता जनाउने मुस्ताङ गल्फ कोर्सका निर्देशक विष्टले बताए ।
प्रतियोगितामा महिला तथा पुरुष विद्याका विजेता, उपविजेता, बेस्ट ग्रस, क्लोजेस्ट टू द पिन र लङ्गेस्ट ड्राइभकामा पुरस्कार प्रदान गर्ने विष्टले जानकारी दिए ।
यस्तै प्रतियोगिताका होल इन वनलाई याक पुरस्कार प्रदान गर्ने उनले बताए । याकको मूल्य १ लाख रुपैयाँ रहेको छ ।
काठमाडौं: गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...
काठमाडौं: नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

