पाल्पाको घोरबन्दामा तीज विशेष फुटबल प्रतियोगिता, उपाधि राशी ६० हजार
पाल्पा | साउन १९, २०८१
Filed Photo- New Jagriti YC, Palpa
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ ८ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा सञ्चालन गर्ने क्लबका अध्यक्ष जनक गाहामगरले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।
उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए ।
सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने अध्यक्ष गाहामगरले बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, अध्यक्ष गाहामगरले भने ।
यस्तै क्लबका सदस्य विरबल रानामगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुनसार विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको क्लब २०३८ सालदेखि नै खेलकुदको क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।

सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (थप १ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८१७५२८६७८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ ।
गत वर्ष कुल ११ टिमको सहभागिता रहेको प्रतियोगितामाा आयोजक नव जागृती युवा क्लब (कालो) लाई पराजित गर्दै सराई एफसी च्याम्पियन बनेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

