पोखरामा ३० औं विश्व आदिवासी दिवस मनाइँदै

पाेखरा | साउन १८, २०८१

पोखरामा ३० औं विश्व आदिवासी दिवस मनाइँदै

पोखरा:   पोखरामा ३० औं विश्व आदिवासी दिवस साउन २५ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले पोखरामा पत्रकार सम्मेलन गर्दै साउन २५ गते ३० औं विश्व आदिवासी दिवस मनाउने लागेको जानकारी दिएको हो । 


नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्म बहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए ।


उनले सन् २०१९ देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको बताए । 


‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, गुरुङले भने, ‘सन् २०१९देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको छ, पछिल्लो समय आदिवासी समुदायको भाषा, सस्कृति लोप हुँदै छ, त्यसैले यस वर्षको दिवसमा लोप भइरहेको भाषा सस्कृति प्रति हामीले सरकारको ध्यानाकर्षण समेत गराउँदै छौं ।’


अध्यक्ष गुरुङले ३० औं विश्व आदिवासी दिवसमा महासंघले यस दिवसमा भाषाको संरक्षणका लागि नयाँ नारा तय गरेको बताए । 


‘यस वर्ष हामीले विश्व आदिवासी दिवसमा नयाँ नारा तय गरेका छौं, उनले भने, ‘संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर, भन्ने मूल नारा तय गरेका हौं ।’


नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुजन कुमार लामाले ३० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २५ गते पोखराको मानवअधिकार चोकबाट सभागृहसम्म आदिवासीहरुको मौलिक भेषभुषा, पहिचान र संस्कृतिको प्रदर्शनसहित झाँकी तथा ¥याली समेत हुने बताए । 


विश्व आदिवासी जनजाति दिवसको अवसरमा पोखरामा पत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । 


 

काठमाडौं:  तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्त...

थप पढ्नुहोस्

गण्डकी:  लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...

थप पढ्नुहोस्

पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ ।  खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट ए...

थप पढ्नुहोस्