पोखरामा ३० औं विश्व आदिवासी दिवस मनाइँदै
पाेखरा | साउन १८, २०८१
पोखरा: पोखरामा ३० औं विश्व आदिवासी दिवस साउन २५ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले पोखरामा पत्रकार सम्मेलन गर्दै साउन २५ गते ३० औं विश्व आदिवासी दिवस मनाउने लागेको जानकारी दिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्म बहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए ।
उनले सन् २०१९ देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको बताए ।
‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, गुरुङले भने, ‘सन् २०१९देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको छ, पछिल्लो समय आदिवासी समुदायको भाषा, सस्कृति लोप हुँदै छ, त्यसैले यस वर्षको दिवसमा लोप भइरहेको भाषा सस्कृति प्रति हामीले सरकारको ध्यानाकर्षण समेत गराउँदै छौं ।’
अध्यक्ष गुरुङले ३० औं विश्व आदिवासी दिवसमा महासंघले यस दिवसमा भाषाको संरक्षणका लागि नयाँ नारा तय गरेको बताए ।
‘यस वर्ष हामीले विश्व आदिवासी दिवसमा नयाँ नारा तय गरेका छौं, उनले भने, ‘संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर, भन्ने मूल नारा तय गरेका हौं ।’
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुजन कुमार लामाले ३० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २५ गते पोखराको मानवअधिकार चोकबाट सभागृहसम्म आदिवासीहरुको मौलिक भेषभुषा, पहिचान र संस्कृतिको प्रदर्शनसहित झाँकी तथा ¥याली समेत हुने बताए ।
विश्व आदिवासी जनजाति दिवसको अवसरमा पोखरामा पत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

