ढिकुरपोखरीमा तीज विशेष आमन्त्रित फुटबल, उपाधि राशी ३ लाख

कास्की | साउन १६, २०८१

ढिकुरपोखरीमा तीज विशेष आमन्त्रित फुटबल, उपाधि राशी ३ लाख

कास्की:  ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीमा ४३ औं संस्करणको तीज मेला हुने भएको छ ।
 

भदौं १८ देखि २२ गतेसम्म सञ्चालन हुने मेलामा मुख्य आकर्षणका रुपमा पुरुष फुटबल प्रतियोगिता समावेश गरिएको सञ्जालका अध्यक्ष विरेन्द्र गुरुङले जानकारी दिए । 

 

उनका अनुसार आमन्त्रित नक आउट फुटल प्रतियोगिता– २०८१ को विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ३ लाख १ हजार ३ सय रुपैया प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेता टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख ७१ हजार १ सय प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

 

गत वर्ष केआइइसी बुकले फुटबलको उपाधि जितेको थियो ।

 

प्रतियोगिता अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीस्थित माछापुच्छ्रे विद्यालयको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्