होसमा आछैनन् गोली लागेका जापानी पूर्वप्रधानमन्त्री
काठमाडाैं | असार २४, २०७९
एजेन्सी: चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।
जापानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले आबेले सास फेर्न नसकेको र उनको मुटु रोकिएको उल्लेख गरेको छ।
जापानका प्रधानमन्त्री फुमिओ कासिदाले समाचार संस्था रोयटर्ससँग भनेका छन्- यो पाशविक र विद्वेषपूर्ण घटना हो र यो क्षम्य हुने छैन। हामीले गर्न सक्ने जति हामी सबै गर्नेछौं। अहिले डाक्टरहरू आबेको ज्यान बचाउन निकै मेहनत गरिरहेका छन्।
आबेमाथि शुक्रबार बिहान पश्चिमी सहर नारामा आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला पछाडिबाट गोली हानिएको थियो।
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

