जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

पाेखरा | साउन ९, २०८१

जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

पोखरा:    विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्येयनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्राण्डले शैक्षिक सामाग्री उपलव्ध गराएकोे छ ।


विद्यालयको कक्षा १० मा अध्ययनरत १७ जना एसइईको तयारी गरि रहेका छात्रछात्रालाई पोखरा ग्राण्डले करिव ३० हजार रुपैया मुल्य बराबरका बिभिन्न बिषयको प्रश्नपत्रको संगालो टेनशेट, गणित र विज्ञानको अभ्यास पुस्तिका वितरण गरेको हो ।


पोखरा १७ का वडासदस्य शिवराम भण्डारीले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै गुणस्तरीय शिक्षाका लागि सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।


होटल पोखरा ग्राण्डका एचआर मेनेजर कल्पना बरालले सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई पठनपाठनमा सहयोगी पुस्तक उपलव्ध गराएको जानकारी दिनुभयो ।


 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, सदस्यहरु हरिप्रसाद बास्तोला, डिलमाया भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, कमल आचार्य, भिम रिजाल, पोखरा ग्राण्डका प्रेम कुमार कटुवाल, विष्णुप्रकाश श्रेष्ठ र तिलक शर्मा लगायतले विद्यार्थीलाई पुस्तक वितरण गर्नुभएको थियो ।    


पुस्तक एक बर्षपछि फिर्ता गरि कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पुनः वितरण गरिने कार्यक्रम रहेको विद्यालयका शिक्षक तुलसी गिरीले  कार्यक्रममा जानकारी दिनुभयो । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्