मैत्रीपूर्ण भलिबल खेलमा नेपाल रसियन टोलीसँग पराजित

काठमाडाैं | साउन ६, २०८१

मैत्रीपूर्ण भलिबल खेलमा नेपाल रसियन टोलीसँग पराजित

काठमाडौं:    नेपाली महिला राष्ट्रिय भलिबल टोली मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ ।    


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।


पहिलो सेट रसियाले २५–१७ ले जितेको थियो भने दोस्रो सेट २५–१९ र तेस्रो  सेट २५–१५ ले आफ्नो पक्षमा प¥यो ।    नेपालले काभा नेसन्स लिगको तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो । यही साउन १७ गतेदेखि राखेप कभर्डहलमा हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र माल्दिभ्स सहभागी हुँदैछन् । 


नेपालले रसियासँग भोलि दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्