अदालतको फैसलापछि भागेका १ सय २९ जना पक्राउ

कुन मद्धामा कति ?

पाेखरा | साउन १, २०८१

अदालतको फैसलापछि भागेका १ सय २९ जना पक्राउ

पोखरा:   कास्की जिल्ला अदालतले विभिन्न मुद्धामा फैसला सुनाएको १ सय २९ जना फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत असार महिनाभरी विभिन्न मुद्धामा फैसला भएका ति फरार प्रतिवादीहरुलाई पक्राउ फैसला अनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ भने जरिवाना असुल गर्ने प्रतिवादीहरुलाई अदालत पठाएको छ ।

 

पक्राउ भएकामध्येका केही प्रतिवादीहरुलाई ९ वर्ष ७ महिना १० दिन कैद सजाय र नगद रु २ करोड ९० लाख ३ हजार ७ सय ८३ जरिवाना स्वरुप असुल गर्न अदालतले फैसला सुनाएको थियो ।

 

कुन मुद्धामा कति जना फरार थिए ?

 

१.    चेक अनादार – ३३ जना

२.    बैंकिङ कसूर – ६ जना

३.    वन पैदावार (काठ) को अनियमित निकासी – २ जना

४.    घरेलु हिंसा – १ जना

५.    बिगो – ५ जना

६.    सवारी ज्यान – १ जना 

७.    नकवजनी चोरी – ६ जना

८.    अभद्र व्यवहार – ४ जना

९.    लागू औषध – ५ जना

१०.    साधारण चोरी – २ जना

११.    केही सार्वजनिक अपराध – १३ जना

१२.    जुवातास – ९ जना

१३.    ज्यान मार्ने उद्योग – १ जना 

१४.    पशुपंक्षी सम्बन्धी कसूर – ६ जना

१५.    सम्बन्ध विच्छेद – १८ जना

१६.    नाता कायम – ५ जना

१७.    जालसाजी – ५ जना 

१८.    झुट्टा बखपत्र गरेको – २ जना 

१९.    कुटपिट – १ जना 

२०.    लेनदेन – ४ जना
 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्