गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो: ज्ञानेन्द्र शाही

काठमाडाैं | असार २८, २०८१

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो: ज्ञानेन्द्र शाही

काठमाडौं:     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई जातजातिको नाममा आफ्नो रोटी नसेक्न चेतावनी दिएका छन् ।


प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै शाहीले प्रधानमन्त्री आजको संसदमा जातजातिको नाममा भाषण गरेको उल्लेख गर्दै जातजातिको नाममा राजनीति नगर्न आग्रह गरेका छन् ।


उनले गृहमन्त्री रवि लामिछानेले संसदमा सुशासनको कुरा गरेर झुटो बोलेको आरोप लगाए । गृहमन्त्री लामिछानेले आफ्ना मित्र जीबी राईलाई पक्राउ गर्न नसकेर बिदा हुन लागेको भन्दै फाइल खोल्न लागेपछि सरकार ढलेको भन्ने गलत भाष्य निर्माण नगर्न आग्रह गरे ।


सांसद शाहीले कसैलाई पक्रेर थुन्न नसकेको भन्दै आफूले काम गर्न नसकेकोको स्वीकार गर्न आग्रह गरेका थिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्