‘प्रवासी नेपाली मन्च युके साउथ वेस्ट’ शाखाको अध्यक्षमा प्रमिश, सचिवमा अधिकारी चयन
पाेखरा | असार २५, २०८१
पोखरा: प्रवासी नेपाली मन्च युके साउथ वेस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा (शिव) सर्वसम्मत चयन भएका छन्।
युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भए ।
यस्तै मन्चको सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के.शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चयन भए ।
यसअघि कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको विकास र प्रवर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए ।
उनले आफुलाई अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिदै राम्रो काम गर्न सबैको सहयोगको अपेक्षा समेत गरे।
यस्तै कार्यक्रममा उपाध्यक्ष खड्काले युकेमा नेपाली समाजहरुले धेरै कार्यक्रम गरेको बताउदै भोलिका दिनमा मन्चले नेपाली समाजमुखी विभिन्न कार्यक्रम आयोजना गर्ने बताए ।
यता सचिव अधिकारीले आफुलाई सचिव जस्तो उर्जाशिल पदमा निर्वाचित गराउनु हुने सबैलाई आभार व्यक्त गर्दे युवाको हक हित र क्षमता विकास काम गर्न पहल गर्ने बताए ।
उनले भोलिका दिनमा विविध कला संस्कृतिमुखी खालको कार्यक्रम गर्ने पनि बताए ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

