गण्डकीमा विपद्: ११ दिनमा २२ को मृत्यु, २३ घाइते (कुन जिल्लामा कति?)

पाेखरा | असार २४, २०८१

गण्डकीमा विपद्: ११ दिनमा २२ को मृत्यु, २३ घाइते (कुन जिल्लामा कति?)

पोखरा:     गण्डकी प्रदेशको ७ जिल्लामा मनसुनजन्य विपद्मा परेर २२ जनाको मृत्यु भएको छ । 

 

गण्डकी प्रदेशको लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, स्याङ्जा र नवलपुरमा पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको हो । 
 

एकजनाको भने चट्याङ लागेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीले बताए । 

 

उनले पछिल्लो ११ दिनमा ७ जिल्लामा विपद्बाट २२ जनाको मृत्यु भएको जानकारी दिए । बाँकी ४ जिल्ला (मनाङ मुस्ताङ गोरखा म्याग्दी) मा भने मानवीय क्षति भएको छैन ।

 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको तथ्याङ्क अनुसार मनसुनजन्य विपद्मा (बाढी, पहिरो, चट्याङ) परेरर २३  जना घाइते भएका छन् ।
 


 

यो पनि पढ्नुहोस

 

एसएसपी रेग्मीले लमजुङमा विपद्का घटनामा परेर ५ जनाको मृत्यु भएको बताए । उनका अनुसार गत असार १२ गते गएको पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको थियो । 

 

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरो जाँदा ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ८ वर्षीय इच्छा गुरुङ र निश्मा गुरुङको मृत्यु भएको थियो । 

 

यस्तै लमजुङको दोर्दी गाउँपालिका–९ धैरेनीमा पहिरोमा घर भत्किदा विकल सुनारको मृत्यु भएको थियो भने विमल सुनार घाइते भएका थिए । लमजुङको क्वहोलासोथार गाउँपालिका–३ बगुममा पहिरोमा पुरिएर भिमबहादुर घले घाइते भएका थिए । 

 

असार १२ गते नै लमजुङको बेशीशहर नगरपालिका–११ तीनपिल्ले र राईनास नगरपालिकामा चट्याङ लागेर चन्द्रमान श्रेष्ठ र रामचन्द्र अधिकारी घाइते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ट उपरीक्षक रेग्मीले बताए । 

 

यस्तै असार १२ गते नै गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको थियो । कास्कीको पोखरा महानगपालिका–२७ मा पहिरोमा पुरिएर ३ वर्षीय बालक अनमोल सुनार र मादी गाउँपालिका–तितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको थियो । यस्तै पहिरोमा पुरिएर पोखरामा २७ वर्षीय रितु सुनार घाइते भएकी थिइन् ।

 

यस्तै पोखरा–२७ अघौं खोलाढोकमा पहिरोमा परी माया विक घाइते भएकी थिइन् । 

 

यस्तै असार २२ गते तनहुँको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारीको मृत्यु भयो । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरुको शव आइतबार मात्र फेला परेको थियो ।
 

ऋषिङ गाउँपालिकामा पनि पहिरोमा पुरिएर कृष्ण बहादुर पुलामीको मृत्यु भएयो । तनहुँको शुक्लागण्डकी नगरपालिकामा पहिरोमा परी ९ जना घाइते भए । तनहुँको देवघाट गाउँपालिकामा चट्याङ लागेर २ जना घाइते भएको गण्डकी प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

 

यस्तै बागलुङको गलकोट नगरपालिका र पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरोमा पुरिएर २÷२ जनाको मृत्यु भएको । 
 

स्याङ्जाको विरुवा गाउँपालिकामा पहिरोमा परी ५ जना घाइते भएका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–५ ज्यामिरेमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने, आधिखोला गाउँपालिका–२ उखुबारीमा पहिरोमा परी १ जना घाइते भएका छन् । 

 

यस्तै नवलपुरको कावासोती नगरपालिका–१४ अग्यौलीमा चट्याङ लागेर दिलकुमारी थरुनीको मृत्यु भएको छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्